काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले एसिया क्षेत्रका लगानीकर्ताहरुलाई नेपालको जलविद्युतमा लगानी गर्न आह्वान गरेका छन्।
काठमाडौंमा आजदेखि सुरु भएको एसिया प्रशान्त क्षेत्रीय उद्योग वाणिज्य परिसंघ (सीएसीसीआई) सम्मेलनमा अध्यक्ष ढकालले एसिया क्षेत्रका लगानीकर्ताहरुलाई नेपालको जलविद्युतमा लगानी गर्न आह्वान गरेका हुन्।
पर्यटन क्षेत्रमा समेत ठूलो सम्भावना रहेको बताउँदै नेपाल लगानीका हिसाबले उत्कृष्ट गन्तव्य रहेको उनको भनाइ छ। २०१५ को भूकम्प र कोरोना महामारीपछि नेपालले तीव्ररुपमा कमब्याक गरेको उनले बताए।
चीन र भारतजस्ता उदाउँदो अर्थतन्त्रको बीचमा रहेको नेपालमा ठूलो बजार रहेको अध्यक्ष ढकालले बताए।