काठमाडौं। कुमारी बैंकले तिहार र छठ पर्व लक्षित क्यास ब्याक योजना सार्वजनिक गरेको छ। बैंकले ५०१ रुपैयाँसम्म क्यास ब्याक दिने योजना ल्याएको हो।
यस योजनामा हरेक दिन पहिलो ५० जनालाई मोबाइल बैंकिङमार्फत क्यूआर र कार्डबाट भुक्तानी गर्दा ५०१ रुपैयाँसम्म क्यास ब्याक दिइने छ।
क्यास ब्याक रकम पीओएस, क्यूआर पेमेन्ट तथा अनलाइनबाट गरिने कारोबारमा प्रदान गरिने बैंकले जनाएको छ। यो योजना कात्तिक २६ देखि मंसीर ३ गतेसम्मका लागि हो।
