काठमाडौं। नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले गत आर्थिक वर्ष ०७९/८० को मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ। कम्पनीले गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजी २१ अर्ब ६० करोड रूपैयाँको आधारमा कर समेत ४.२१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
कात्तिक २० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले प्रस्ताव गरेको यो लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात् आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र वितरण हुनेछ। कम्पनीको लाभांश प्रस्ताव नेपाल सरकार, अर्थमन्त्रालयबाट समेत स्वीकृति गराउनुपर्नेछ।
कम्पनीले गत वर्षको जतिनै लाभांश यस वर्ष वितरण गर्न लागेको हो । गत वर्ष कम्पनीले ४.२१ प्रतिशत कर समेत नगद लाभांश वितरण गरेको थियो ।