काठमाडौं। सत्ता गठबन्धनको ठूलो दल नेपाली कांग्रेसले भूकम्प पीडितको लागि सहयोग चेक हस्न्तारणसँगै प्रधानमन्त्रीलाई २१ बुँदे सुझाव दिएको छ ।
जाजरकोट र पश्चिम रुकुम लगायतका क्षेत्रको भूकम्पपीडितको सहयोगको लागि सभापति शेरबहादुर देउवा तथा महामन्त्रीद्य विश्वप्रकाश शर्मा र गगन थापासहितको टोलीले कांग्रेसको तर्फबाट मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाललाई ५० लाख रुपैयाँको चेक हस्तान्तरण गरेको हो ।
कांग्रेसले प्रधानमन्त्रीलाई सहयोग चेकसँगै भूकम्प प्रभावित क्षेत्रमा राहत, पुनर्स्थापना र पुनर्निर्माण कार्य प्रदेश सरकारको नेतृत्वमा गराउन २१ बुँदे सुझाव दिएको छ ।
कांग्रेसको सुझावमा भूकम्प प्रभावित क्षेत्रमा त्रिपाल, खाद्यान्न, औषधि, लत्ताकपडा तत्कालै उपलब्ध गराउन भनिएको छ ।