बाजुरा। बाजुरा जिल्लाको हिमाली गाउँपालिकाको रयालाई केन्द्रविन्दु भएर फेरि भूकम्प गएको छ। मंगलबार मध्याह्न १२ बजेर ५८ मिनेटमा ४ म्याग्नेच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ।
लगातारकाे भूकम्पका कारण यहाँका स्थानीय त्रसित बनेका छन्। भूकम्पका कारण चर्किएका घरहरु थप जोखिममा भएकाले भत्किने डरले यहाँका बासिन्दा डराएका हुन्।
गत कात्तिक १७ गते जाजरकोटलाई केन्द्रविन्दु बनाएर गएको ६.८ म्याग्नेच्युडको भूकम्पपछि लगातार परकम्प गइरहेका छन् ।