काठमाडौं। आज अमेरिकी डलरको भाउ बढ्दा युरोपियन युरो र बेलायती पाउण्ड स्टर्लिङको भाउ घटेको छ।
आज १ अमेरिकी डलरको खरिद दर १३२.९२ रुपैयाँ रहँदा बिक्री दर १३३.५२ रुपैयाँ रहेको छ। मंगलबार १ अमेरिकी डलरको खरिद दर १३२.८५ रुपैयाँ र बिक्री दर १३३.४५ रुपैयाँ कायम थियो।
यस्तै, १ युरोको खरिद दर आज १४२.०८ रुपैयाँ पुगेको छ। बिक्री दर १४२.७३ रुपैयाँ छ। मंगलबार १ युरोको खरिद दर १४२.८५ रुपैयाँ र बिक्री दर १४३.५० रुपैयाँ थियो।
आज १ पाउण्ड स्टर्लिङको खरिद दर १६३.५५ रुपैयाँ र बिक्री दर १६४.२९ रुपैयाँ रहेको छ। हिजो १ पाउण्डको खरिद दर १६४.८९ रुपैयाँ र बिक्री दर १६५.६४ रुपैयाँ थियो।