काठमाडौं। भूकम्प पीडितका लागि राहत सामाग्री लिएर चिनियाँ सेनाको जहाज पोखरा पुगेको छ। सहयोग सामग्री लिएर आएका चिनियाँ सेनाको दुइ जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।
चीन सरकारले घोषणा गरे अनुसार करिब १० करोड बराबरको सामग्री लिएर चिनियाँ सेनाका जहाज चीनको छेन्दुबाट उडेका थिए ।
चीनले दिने सहयोग सामग्री बुझ्न उपप्रधानमन्त्री तथा गृह मन्त्री नारायणकाजी श्रेष्ठ पोखरा पुगेका छन्। चिनियाँ राजदूत छन सोङले गृहमन्त्री श्रेष्ठलाई उक्त सहयोग सामाग्री हस्तान्तरण गर्दैछन् ।
चीनले आफ्नो वायु सेनामार्फत पोखरामा पठाएको सहयोग सामग्री नेपालले भने त्यहाँबाट कर्णाली पुर्याउनेछ ।