काठमाडौं। जाजरकोट भूकम्पपीडितका लागि राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले पनि आर्थिक सहयोग गरेको छ। बैंक सञ्चालक समिति सदस्य दिलिपकुमार ढुङ्गानाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई मङ्गलबार करोड रुपैयाँको चेक हस्तान्तरण गरेका हुन्।
बैंकले विज्ञप्ति जारी गर्दै संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत भूकम्प पीडितहरुको उद्धार र उपचारका लागि प्रधानमन्त्री राहत कोषको खातामा बैंकको तर्फबाट एक करोड रुपैयाँ सहयोग गरेको जनाएको छ ।