काठमाडौं। आज अमेरिकी डलरको भाउ बढ्दा युरोपियन युरो र बेलायती पाउण्ड स्टर्लिङको भाउ घटेको छ।
आज १ अमेरिकी डलरको खरिद दर १३२.९४ रुपैयाँ रहँदा बिक्री दर १३३.५४ रुपैयाँ रहेको छ। बुधबार १ अमेरिकी डलरको खरिद दर १३२.९२ रुपैयाँ र बिक्री दर १३३.५२ रुपैयाँ कायम थियो।
त्यसैगरी १ युरोको खरिद दर आज १४१.७८ रुपैयाँ पुगेको छ। बिक्री दर १४२.४२ रुपैयाँ छ। बुधबार १ युरोको खरिद दर १४२.०८ रुपैयाँ र बिक्री दर १४२.७३ रुपैयाँ थियो।
आज १ पाउण्ड स्टर्लिङको खरिद दर १६२.७७ रुपैयाँ र बिक्री दर १६३.५१ रुपैयाँ रहेको छ। हिजो १ पाउण्डको खरिद दर १६३.५५ रुपैयाँ र बिक्री दर १६४.२९ रुपैयाँ थियो।