जाजरकोट। जाजरकोट केन्द्रबिन्दु भएर बुधबार साँझ पनि भूकम्प गएको छ। जाजरकोटको पैङ्क केन्द्रबिन्दु भएर साँझ ७ बजेर ५० मिनेटमा ३.५ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गत शुक्रबार राति गएको ६ दशमलव ४ रेक्टरस्केलको भूकम्प गएको थियो। त्यसपछि जाजरकोटलगायतका कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागमा लगातार भूकम्प गइरहेको छ।