काठमाडौं। महालक्ष्मी विकास बैंकले जाजरकोट, रुकुम पश्चिम र वरपरका जिल्लाका भूकम्प पीडितहरुका लागि १० लाख आर्थिक सहयोग दिएको छ।
बैंकले पीडितहरुलाई राहत वितरणका लागि आर्थिक सहयोग गरेको हो।
बैंकका अध्यक्ष राजेश उपाध्याय र प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले अर्थमन्त्री डा.प्रकाशशरण महतलाई सहयोग रकमको चेक हस्तान्तरण गरेका छन्।
त्यसैगरी एभरेष्ट बैंकले भूकम्प प्रभावितहरुको राहतका लागि २५ लाख रुपैयाँ सहयोग गरेको छ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत भूकम्प प्रभावितहरुको राहतका लागि आर्थिक सहयोग गरेको हो।
राहतका लागि २५ लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको बैंकले जनाएको छ। यस्ता सहयोग आगामी दिनमा पनि जारी रहने बैंकले जनाएको छ।
जाजरकोट केन्द्रबिन्दु भएर कात्तिक १७ गते गएको भूकम्पमा परी जनधनको ठूलो क्षति भएको छ। १७ हजारभन्दा बढी घर पूर्ण रुपमा क्षतिग्रस्त भएका छन्।