काठमाडौं। जाजरकोट र रुकुम पश्चिका भूकम्प पीडितको आवास निर्माणका लागि नेकपा एमालेले एक हजार स्वयंसेवक खटाउने भएको छ।
पार्टीको बुधबार बसेको सचिवालय बैठकले भूकम्प पीडितका आवास निर्माणका लागि आगामी मंसिर १ गतेबाट एक हजार स्वयंसेवक खटाउने निर्णय गरेको हो।
सचिवालय बैठकका निर्णय सुनाउँदै उपमहासचिव प्रदीप ज्ञवालीले ५ हजार कार्यदिनभन्दा बढी आफूहरु आवास निर्माणमा खटिने समेत जानकारी दिए।
उक्त कार्यमा स्वयंसेवक संयोजनको काम एमाले कर्णाली प्रदेशले गर्ने बताइएको छ।