काठमाडौं। पछिल्लो तीन महिनामा शिवम् सिमेन्ट ५ करोड ३४ लाख रुपैयाँ नोक्सानीमा गएको छ ।
कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरणअनुसार शिवम् सिमेन्ट ५ करोड ३४ लाख रुपैयाँ नोक्सानीमा गएको हो।
गत वर्षको यस अवधिमा कम्पनीले २७ करोड ४७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । कम्पनीको बिक्री आम्दानी करिब ९ करोडले बढे पनि अन्य आम्दानी करिब २९ करोडले घट्दा कुल आम्दानी घटेको छ ।
गत आर्थिक वर्षको पहिलो त्रैमासमा कुल आम्दानी १ अर्ब ८४ करोड ७९ लाख रुपैयाँ रहेकोमा यो वर्षको पहिलो त्रैमासमा यस्तो आम्दानी १ अर्ब ६४ करोड ८८ लाख रुपैयाँमा झरेको छ ।
समीक्षा अवधिमा कम्पनीले प्रशासनिक खर्च केही घटाए पनि बिक्री लागत करिब ११ करोडले बढेको छ । अन्य आम्दानीसँगै कुल आम्दानी घट्ने तर बिक्री लागत बढ्न जाँदा कम्पनी अन्ततः नोक्सानीमा गएको हो ।