काठमाडौं। नेपालले नेतृत्व गरिरहेको अन्तर्राष्ट्रिय संस्था एशिया तथा पश्चिम प्रशान्त क्षेत्रका निर्माण व्यवसायीहरूको साझा संगठन (इफाप्का) को ४६ औं सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको छ। आगामी मंसिर ५ देखि ९ सम्म काठमाडौंमा आयोजना हुन लागेको इफाप्काको सम्पूर्ण तयारी पूरा भएको नेपाल निर्माण व्यवसायी महासंघका सहकोषाध्यक्ष सन्तोष शाहले जानकारी दिएका हुन्।
पाँच तारे होटल हयातमा हुन गइरहेको इफाप्का सम्मेलनको लागि होटल व्यवस्थापन, पाहुनको स्वागत, टुर प्योकटको व्यवस्थापन लगायत सबै कामहरु पूरा भएको शाहले बताए। उनका अनुसार यतिबेला इफाप्काको हेण्डबुक लगायतका छपाइका काम तीव्र गतिमा भइरहेका छन् भने बाँकी छुटफुट साना कामहरु तिहारको बीचमा पनि निरन्तर हुने छन्। लगभग सबै तयारी पूरा गरी विदेशी पाहुनाको स्वागतका लागि महासंघ प्रतिक्षामा रहेको समेत सहकोषाध्यक्ष शाहले बताए।
पहिलो दिन मंसिर ५ गते डेलिगेट्स अराइभल, रजिष्ट्रेशन लगायतका काम हुनेछन् भने मंसिर ६ गते राष्ट्रिपति रामचन्द्र पौडेलबाट इफाप्का सम्मेलनको औपचारीक उद्घाटन गरिने छ।
त्यसैगरी मंसिर ७ गते 'Partnering in Sustainable infrastructure' भन्ने नाराका साथ आयोजना हुन लागेको इफाल्काको फोरम सहितको टेक्निकल सेसनको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहालबाट हुनेछ।
याे पनि:
चुनौतीका बाबजुत नेपालमा इफाप्का सम्मेलन भव्य हुन्छ: संयोजक घिमिरे