काठमाडौं। प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिले नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स प्रक्रिया अगाडि बढाउन निर्देशन दिएको छ । शुक्रबार बसेको अर्थ समितिको बैठकले नयाँ स्टक एकसचेञ्जको लाइसेन्स प्रक्रिया अगाडि बढाउन निर्देशन दिएको हो।
सर्वोच्च अदालतको आदेश, अध्यनबाट प्रतिष्पर्धा र गुणस्तर बढाउनुपर्ने देखिएको, एकाधिकार घटाउनुपर्ने देखिएकोले लाइसेन्स प्रक्रिया अगाडि बढाउन निर्देशन दिने निर्णय भएको बताइएको छ।
नेपाल धितोपत्र बोर्डले स्टक एक्सचेञ्जका लागि आवेदन मागेको १ वर्षभन्दा बढी भइसकेको छ । सुरुमा आवेदन माग गरेपछि सर्वोच्च अदालतको आदेशले आवेदन दिने म्याद नसकिंदै रोकिएको लाइसेन्स प्रक्रिया पछिल्लो पटक गत वैशाखमा प्रधानमन्त्रीको निर्देशन र २९ जेठमा अर्थ समितिको निर्देशनपछि नेपाल धितोपत्र बोर्डको सञ्चालक समितिले लाइसेन्स प्रक्रिया रोकेको थियो ।