काठमाडौं। घलेम्दी हाइड्रो लिमिटेडले आगामी मंसिर १० गतेबाट हकप्रद सेयर जारी गर्ने भएको छ। कम्पनीले अंकित मूल्य १०० रुपैयाँ बराबरको हकप्रद जारी गर्न लागेको हो।
कुल एक करोड १० लाख कित्ता जारी गर्ने छ। पुस १ गतेसम्म जारी हुने हकप्रदका लागि कात्तिक २ गतेसम्म कायम सेयरधनीले आवेदन दिन सक्छन्।
विद्यमान सेयरधनीले एक कित्ता सेयर बराबर २ कित्ताका लागि आवेदन दिन सक्छन। बजारमा प्रति कित्ता १३० को हाराहारीमा खरीद बिक्री भइरहेको छ।
कम्पनीको चुक्ता पुँजी ५५ करोड रुपैयाँ छ। यसको २०० प्रतिशत हकप्रद सेयर जारी गर्न लागेको हो।