ताप्लेजुङ। सिरिजंघा गाउँपालिकाले खेलकुद पूर्वाधार निर्माण गर्नका लागि निःशुल्क रुपमा जग्गा सहयोग गर्न स्थानीयसँग अनुरोध गरेको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै भलिवल तथा व्याडमिटन खेल सम्बन्धि पूर्वाधार निर्माण गर्नको लागि जग्गा सहयोग गर्न अनुरोध गरेको हो ।
वडा नम्बर ४ स्थित तेल्लोकको भूभागमा भलिवल तथा व्याडमिटन खेल सम्बन्धि पूर्वाधार निर्माण गर्ने प्रयोजनको लागि निर्धारित मापदण्ड अनुरुपको जग्गा आवश्यक परेको गाउँपालिकाले सूचनामा उल्लेख गरेको छ।
सडक, विजुली बत्ती, सडकको पहुँच भएको, विवादरहित, पहिरोको जोखिम कम भएको र समतल भूभागमा करिब ४ रोपनी जग्गा हुनु पर्ने सूचनामा उल्लेख गरिएको छ । इच्छुक व्यक्तिले सूचना प्रकाशित भएको १५ दिनभित्र जग्गाधनी पूर्जासहित आवेदन दिन सक्ने समेत पालिकाले जनाएको छ।