काठमाडौँ। किङ्लङ विद्युतीय माइक्रो बसहरू काठमाडौँका विभिन्न रुटहरूमा सञ्चालन भइरहेका छन्। चौधरी ग्रुप अन्तर्गत सिजी मोटर्सले बिक्री वितरण गर्दै आइरहेको विद्युतीय माइक्रो बसहरू काठमाडौंका विभिन्न रुटमा सञ्चालनमा छन्।
बागमती प्रदेश सरकारको नीति तथा महानगरपालिकाको अवधारणा अनुसार पुराना डिजेल र ग्यासबाट चल्ने सार्वजनिक यातायातलाई विस्थापित गरेर नयाँ विद्युतीय सार्वजनिक यातायात चलाउने विधि अन्तर्गत पर्छ ।
एउटा डिजेल माइक्रो बस दैनिक १५०/२०० किमि चल्दा रु ५०००/७००० डिजेल खपत हुने देखिन्छ । सो हिसाबले काठमाडौँमा सञ्चालनमा रहेका ३००० डिजेल माइक्रोबस विस्थापित हुँदा दैनिक २ करोड १० लाख डिजेलको बचत हुन सक्ने बताइएको छ ।
किङ्लङ माइक्रो बस १४ र १९ सिटर गरी दुई मोडेलमा नेपाली बजारमा उपलब्ध छन् ।