तनहुँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डद्वारा आज तनहुँको आँबुखैरेनी अस्पतालको उद्घाटन हुने भएको छ। आँबुखैरेनी गाउँपालिकाले आँबुखैरेनी बजारमा सञ्चालन गरेको १५ बेड क्षमताको आँबुखैरेनी अस्पतालको आज उद्घाटन गरिने भएको हो।
बिहान ११ बजे अस्पतालको प्रधानमन्त्रीले उद्घाटन गर्ने कार्यक्रम रहेको आँबुखैरेनी गाउँपालिकाले जनाएको छ। प्रधानमन्त्रीले तनहुँको आवुँखैरेनी र गोरखाको गोरखा नगरपालिका जोड्ने मर्स्याङ्दी नदीमा निर्माण भएको मोटरेबल पुलको पनि उद्घाटन गर्ने कार्यक्रम रहेको छ । सुरुमा राजनीतिक कार्यकर्ता भेटघाट, अस्पताल र पुल उद्घाटन पछि जनप्रतिनिधिसँग अन्तरक्रिया लगायतका कार्यक्रम रहेको छ ।
आँबुखैरेनी गाउँपालिका साबिकको वडा नं २ र ३ को कार्यालय रहेको नवनिर्मित भवन र सामुदायिक भवनलाई अस्पतालमा परिणत गरी एक वर्ष अघिदेखि अस्पताल सञ्चालनमा ल्याइएको छ । उक्त अस्पताल सञ्चालनमा ल्याइएसँगै तनहुँ लगायत छिमेकी जिल्ला गोरखा,लमजुङ र चितवनका केही भेगका बासिन्दा समेत लाभान्वित हुँदै आएको आँबुखैरेनी गाउँपालिकाले जनाएको छ ।