काठमाडौं। कात्तिक १७ गते मध्यराति जाजरकोटलाई केन्द्रबिन्दु बनाइ गएको विनाशकारी भूकम्पका कारण चर्किएका संरचनाहरू फेरि भत्किँदा पाँच जना घाइते भएका छन् । चर्किएका संरचना भत्किँदा रूकुम पश्चिममा चार र जाजरकोटमा एक गरी पाँचजना घाइते भएका हुन ।
जाजरकोटको बारेकोट गाउँपालिका– ९ सग्लाकी १६ वर्षीया कविता गौतम भूकम्पले भत्किएको घरबाट खसेको ढुंगाले लागेर घाइते भएकी छन् ।
रूकुम पश्चिमको बाँफिकोट गाउँपालिका–८ दुलिमा पनि बिहीबार दिउँसो भूकम्पले चर्किएको झकबिर सुनारको घर भत्किएर चार जना घाइते भएका छन्।
घर भत्किँदा ७० वर्षीया आइती कामी, ६० वर्षीया बिरमी कामी, २९ वर्षीया एलिसा सुनार वली र उनकी १७ महिने छोरी डिबिनाँसी वली सामान्ने घाइते भएका थिए।
जिल्ला अस्पताल सल्लेमा उपचारपछि उनीहरू चारै जना घर फर्किसकेका छन्।