काठमाडौं। उच्च विन्दुमा पुगेर कम भएको अमेरिकी डलरको मूल्य फेरि उच्च बिन्दु आसपास पुगेको छ।
आज १ अमेरिकी डलरको बिक्री दर १३३.५४ रुपैयाँ रहेको छ भने खरिद दर १३२.९४ रुपैयाँ रहेको छ। एक साता अघि डलरको मूल्य हालसम्मकै उच्च १३३.५६ रुपैयाँ पुगेको थियो।
आज १ युरोको खरिद दर १४४.५६ रुपैयाँ र बिक्री दर १४४.९२ रुपैयाँ रहेको छ। यस्तै, १ पाउण्डको खरिद दर १६५.३० रुपैयाँ र बिक्री दर १६६.०४ रुपैयाँ तय भएको छ।