काठमाडौं। कामना सेवा विकास बैंक लिमिटेडले एकै दिन दुई शाखा विस्तार गरेको छ। उक्त बैंकले नवलपरासी, सुस्ता पूर्व जिल्ला देवचुली नगरपालिका वडा नं. १५ प्रगतीनगर तथा कावासोती नगरपालिका वडा नं. १६, डण्डा स्थित सुविधासम्पन्न शाखा भवन पुननिर्माण गरी उद्धघाटन गरेको छ।
ग्राहकहरुको सुविधालाई ध्यानमा राखि पुननिर्माण गरिएको अत्याधुनिक सुविधा सम्पन्न कार्यालय भवनबाट सजिलो तरिकाले बैकीङ सेवा प्रदान गर्ने उद्देश्यले भवन निर्माण गरी सञ्चालनमा ल्याइएको बैंकका अध्यक्षले जानकारी दिएका छन्। भवन पुननिर्माण पश्चात सेवा प्रवाहमा सहज वातावरण सिर्जना भएको उनको भनाइ रहेको छ।