भोजपुर। भोजपुरको टेम्केमैयुङ गाउँपालिका–९ लेखर्कका १० विपन्न दलित परिवारका लागि नयाँ घर निर्माण गरिएको छ। लेखर्कमा वर्षौंदेखि त्रिपालमा बस्दै आएका १० विपन्न परिवारको जनता आवास कार्यक्रममार्फत घर निर्माण गरिएको हो।
सरकारको जनता आवास कार्यक्रमअन्तर्गत सहरी विकास तथा भवन डिभिजन कार्यालय धनकुटाबाट आएको बजेटमार्फत विपन्न परिवारको घर निर्माण गरिएको गाउँपालिकाले जनाएको छ। एक परिवार बराबर ३ लाख ३६ हजार लगानीमा घर निर्माण गरिएको छ।
राज्यले पनि गास, बास र कपासलाई नागरिकको मौलिक हकमा राखेकाले सहज बसोबासका लागि वडाले पहल गरेर घर निर्माण गरेको वडा कार्यालयले जनाएको छ।
घर नहुँदा ती विपन्न परिवार खुला आकाश तथा गोठ टहरामा जीवन चलाउँदै आएका थिए।
”