हेटौँडा। नेपाली काँङग्रेसको १४ औँ महादिवेशन अन्तर्गत जारी विभिन्न महादिवेशनका कारण बागमति प्रदेशको मन्त्रिपरिषद विस्तारमा ढिलाई भएको छ। मन्त्रिमण्डल विस्तार गर्दा काँग्रेसको जारी अधिवेशन प्रभावित हुनसक्ने भएपछि मन्त्रिमण्डल विस्तारमा ढिलाइ भएको हो।
मुख्यमन्त्री राजेन्द्र पाण्डेले आफु नियुक्त भएपछि पहिलो चरणमा चार सदस्यीय मन्त्रिमण्डल गठन गर्नु भएको थियो। काँग्रसको आन्तरिक समस्याका कारण पद तथा गोपनियताको शपथग्रहण कार्यक्रम निर्धारित समयभन्दा एक घण्टा ढिलो सुरु भएको थियो।
मुख्यमन्त्रि पाण्डेले अर्को हप्ता मन्त्रिमण्डल विस्तार हुने जानकारी दिनुभयो। उहाँका अनुसार किस्ता किस्तामा मन्त्रिमण्डल विस्तार हुन्छ। गठबन्धको सरकारको भागबण्डाका लागी मन्त्रालयहरु फुटाएर मन्त्रिमण्डल विस्तार गर्ने भएको छ। ८ वटा मन्त्रालय फुटाएर ११ देखी १३ वटा बनाउने तयारी भएको छ।
भौतिक पुर्वाधार विकास, सामाजिक विकास, उधोग, पर्यटन, वन तथा वातावरण र भुमी व्यवस्था, कृषी तथा सहकारी मन्त्रालय फुटाएर मन्त्रालय थप गर्ने तयारीमा गठबन्धनका दलहरु लगेका छन्।