कास्की। पोखरामा बौद्ध गुम्बा निर्माण गुम्बा निर्माण भएको छ। उक्त गुम्बा १८ करोड लागतमा निर्माण भएको हो।
पोखरा रामघाटस्थित नवनिर्मित बौद्ध गुम्बा भवनको उद्घाटन हिजो गण्डकी प्रदेश प्रमुख पृथ्वीमान् गुरुङले गरेका हुन्। गुम्बा उद्घाटन गर्दै उनले गण्डकी प्रदेश गुरुङ कला संस्कृतिको उद्गमस्थल भएको दावी गरे।
बौद्ध अर्घौ सदन परिषद्मा निर्माण भएको तीन तले उक्त गुम्बाको लागत रु. १७ करोड ९६ लाख छ। नवनिर्मित गुम्बाको भुईतलामा पाँच सय जना क्षमताको बहुउद्देश्यीय सभाकक्ष निर्माण गरिएको छ ।
पहिलो तलालाई पूजा हलका रुपमा विकास गरिएकोमा त्यहाँ भगवान् बुद्धको विशाल मुर्तिका अलवा चेन्रोसिग तथा गुरु पध्मसम्भवको शालिक राखिएको छ ।
पूजा हलकै भित्तामा हजार संख्यामा बुद्धका स–साना मुर्ति जडान गरिएको छ भने बुद्धको जीवन लीलामा आधारित विभिन्न आकृतिका चित्र पनि कोरिएको छ।
गुम्बाको दोस्रो तलालाई मिनी आर्ट ग्यालरी (संग्राहालय), पुस्तकालय, अतिथिगृह वा कक्ष तथा अन्तिममा मुख्य गुरुसँग भेटघाट कक्ष निर्माण भएको छ ।