काठमाडौं। कृषिमा लगानी र अनुसन्धान गर्न मुक्तिनाथ विकास बैंकको प्रमुख लगानीमा खडा भएको मुक्तिनाथ कृषि कम्पनीले मंसिर ८ गतेबाट सेयर जारी गर्ने भएको छ।
कम्पनीले सर्वसाधारणबाट १४ करोड रुपैयाँ उठाउँदैछ। जुन रकम मुख्यतया कम्पनीको निर्माणाधीन कृषि उद्योगमा उपयोग हुने छ।
कम्पनीको जारी पुँजी ७० करोड रुपैयाँ छ। यसको २० प्रतिशत सेयर जारी गर्न लागेको हो। सेयर मंसिर १२ गतेसम्म जारी गर्ने छ।
कम्पनीले कृषिमा आधारित सहकारीहरुसँग सहकार्य गरि ग्रामिण क्षेत्र र बजार क्षेत्रमार्फत् सेवा दिइरहेको छ। कम्पनीका प्रमुख ग्राहक पनि उनीहरु नै हुन्।
कम्पनीले २०२३ को पहिलो पाँच महिनामै ७ करोडको कारोबार गरिसेको छ। सन् २०२२ मा १९ करोड २० लाखको कारोबार गरेको थियो। त्यस अघिको वर्ष ९ करोड ८० लाखको कारोबार थियो।
कम्पनीले अंकित मूल्य १०० रुपैयाँमै सेयर जारी गर्ने छ। कम्तिमा १० र अधिकतम एक हजार कित्ताका लागि आवेदन दिन सकिन्छ।