काठमाडौं। भिजन लुम्बिनी ऊर्जा कम्पनीको प्राथमिक सेयर (आईपीओ) बाँडफाँट भएको छ । कम्पनीले कुल २ लाख ७ हजार ५२५ जनालाई कम्पनीको सेयर बाँडफाँट गरेको हो।
आइपीओ प्राप्त गर्नेमध्ये ५ जनाले ११ कित्ता र अरु सबैले १० कित्ताका दरले पाएका छन् ।
बिक्री प्रवन्धक मुक्तिनाथ क्यापिटलका अनुसार कम्पनीको आईपीओमा ११ लाख ५६ हजार ९२७ आवेदक योग्य ठहरिएका थिए । तीमध्येबाट गोलाप्रथा गरी आईपीओ बाँडफाँट गरिएको क्यापिटलले जनाएको छ । ९ लाख ४९ हजारको हात खाली भएको छ ।
कम्पनीले यसअघि सर्वसाधारणका लागि कात्तिक १६ देखि २० गतेसम्म कुल २० लाख ७५ हजार २८५ कित्ता आईपीओ खुलाएको थियो ।
कम्पनीले कास्कीको माछापुच्छ्रे गाउँपलिकामा २५ मेगावाटको सेती नदी जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।