संखुवासभा। पाँचखपन नगरपालिकाका २६ जना स्थानीयलाई जग्गाधनी पुर्जा वितरण गरिएको छ।
पालिकाले सोमबार एक कार्यक्रमको आयोजना गरी भूमिहिन दलित, भूमिहिन सुकुम्बसी तथा अव्यवस्थित बसोबासिलाई जग्गाधनी पुर्जा वितरण गरेको हो।
वडा नम्बर ७ स्थित सार्वजनिक जग्गामा अगाडि १० मिटर र पछाडि २५ फिट क्षेत्रफलको जग्गा वितरण गरेको नगरपालिकाको प्रवक्ता ओमबहादुर श्रेष्ठले जानकारी दिएका छन्।
जग्गा वितरणका लागि नगरपालिकाले माग गरेको सूचनामा २८ जनाको आवेदन परेको थियो । सोमध्ये २ जना स्थानीय बासिन्दाको पुर्ख्यौली सम्पत्ती भएको पुष्टि भएपछि २६ जनालाई पूर्जा वितरण गरेको हो ।