काठमाडौं। एशियाली तथा पश्चिम प्रशान्त क्षेत्रका १८ मुलुकका निर्माण व्यवसायीहरूको छाता संस्था इफाप्काको ४६ औं अन्तर्राष्ट्रिय सम्मेलनको आज औपचारीक उद्घाटन हुँदैछ। हायत होटलमा आज बिहान राष्ट्रपति रामचन्द्र पौडेलले समारोहको उद्घाटन गर्ने कार्यक्रम रहेको हो।
दिगो पूर्वाधारमा साझेदारी भन्ने नारा सहित हिजो मंसिर ५ गतेदेखि सुरु भएको सम्मेलन मंसिर ९ गतेसम्म हुनेछ। इफाप्का फोरमको उद्घाटन भने मंसिर ७ गते प्रधानमन्त्री पुष्पकमल दाहालबाट हुने नेपाल निर्माण व्यवसायी महासंघले जनाएको छ।
आज उद्घाटन कार्यक्रमसहित डेलिगेट्स अराइभल, रजिष्ट्रेशन कार्य हुनेछ। त्यस्तै फाइनान्स कमिटी बैठक, इफाप्का पहिलो बोर्ड बैठक, प्रेसिडियेन्सल डिनर कार्यक्रमको आयोजना गरिनेछ।
सम्मेलनमा विदेशका २ सय ४२ सहित ५ सय भन्दा बढीको सहभागिता रहने महासंघले जनाएको छ।