काठमाडौं। अमेरिकी डलर अहिलेसम्मकै महँगो भएको छ। नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको बिक्री दर १३३ रुपैयाँ ६८ पैसा तय गरेको छ।
यसअघि गत कात्तिक २५ गते १ डलरको बिक्री दर उच्च विन्दुमा पुगेको थियो। त्यस दिन एक डलरको भाउ १३३ रुपैयाँ ६५ पैसा पुगेको थियो।
भारतीय मुद्रा कमजोर हुँदा डलर महँगिएर नेपाली रुपैयाँ सबैभन्दा सस्तो स्तरमा झरेको हो। नेपाली रुपैयाँ र भारतीय मुद्राबीच स्थिर विनिमय दर छ।
नेपाली १६० रुपैयाँ बराबर भारु १०० रुपैयाँ छ। यही कारण भारतीय मुद्रा कमजोर हुँदा नेपाली रुपैयाँ पनि सस्तिन्छ। एक डलर बराबर ८३.३२ भारु तय भएको छ।