काठमाडौं। सर्वोत्तम सिमेन्ट लिमिटेडले आजबाट बुक बिल्डिङ प्रणालीमार्फत सेयर निष्काशन गरेको छ। बुक बिल्डिङमार्फत नेपालमा यो पहिलो पटक सेयर जारी भएको हो।
योग्य संस्थागत लगानीकर्ताहरुलाई आजदेखि १० गतेसम्म सेयर जारी गरिने छ। सेयरको बिक्री मूल्यको सीमा न्यूनतम ४०१ र अधिकतम ६०१.५० रुपैयाँ छ।
कम्पनीले जारी पुँजी ४ अर्ब ६५ करोड रुपैयाँको १२.९०३३ प्रतिशत हुन आउने ६० करोड रुपैयाँको सेयर निष्काशन गर्न लागेको हो।