महेन्द्रनगर। कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको नवनिर्मित प्रशासकीय भवनको उद्घाटन गरिएको छ्। परराष्ट्रमन्त्री एनपी साउदले शुक्लाफाँटा नगरपालिकाको नवनिर्मित प्रशासकीय भवनको उद्घाटन गरेका हुन्।
भवन उद्घाटन गर्दै मन्त्री साउदले विकास निर्माणका काममा राजनीति गर्न नहुने बताए ।
उक्त भवन एसियाली विकास बैंक (एडिबी) को १२ करोडभन्दा बढी लागतमा निर्माण गरिएको नगरपालिकाले जनाएको छ।
भवन निर्माणसँगै स्तरीय सेवा सुविधा प्रवाहमा समेत केन्द्रित हुने बताइएको छ। भवन निर्माणसँगै थप प्रशासनिक कामकाज तथा कार्य सम्पादनमा सहजता हुने विश्वास गरिएको छ। दुई तले भवन अपांगतामैत्री, सुविधायुक्त सभा हल र ६३ कोठासहित सम्पूर्ण शाखा एकै भवनमा रहने गरी निर्माण गरिएको नगरपालिकाको भनाइ छ।