काठमाडौं। इटहरी चोकमा स्थापीत सेन्ट्रल प्लाजामा सोमबारदेखी सेन्ट्रल मार्ट सन्चालनमा आएको छ। एक अर्ब भन्दा माथीको लागतमा स्थापीत प्लाजाका अँध्यक्ष राजेश श्रेष्ठले उक्त मार्टको सञ्चालन प्रारम्भ गनुभएको हो।
उक्त नवस्थापित मार्टको उधोग वाणिज्य सङ्घ इटहरीका भिम पौडेल तथा सेन्ट्रल मार्टको सञ्चालन प्रारम्भ गनुभएको हो। प्लाजाका कार्यकारी निर्देशक सिद्धार्थ श्रेष्ठका अनुसार १० तले प्लाजाको पहिलो तलामा स्थापित मार्टमा घरायसी तथा उपभाग्य सामग्री बिक्री वितरणका लागी राखिएको छ।
सेन्ट्रल मार्ट सञ्चालनको अवसरमा ५ प्रतिशतदेखि २० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ। मार्टको विस्तार गर्दै दोस्रो तलामा निकट भविष्यमा इलेक्ट्रोनिक्स, कस्मेटिक र गिफ्ट आइटम राखिनेसमेत बताइएको छ।
इटहरीको चोकमै रहेको सेन्ट्रल प्लाजा १० तले भवनमा हाल सिनेफ्लेक्सका दुइवटा सिनेमा हल र सुविधा सम्पन्न बरन्डा होटल पनि सञ्चालनमा छन्।