काठमाडौं। बुधबार हालसम्मकै उच्च विन्दुमा पुगेको अमेरिकी डलरको भाउ आज घटेको छ। त्यस्तै, युरोपियन युरो र बेलायती पाउण्ड स्टर्लिङको भाउ पनि घटेको छ।
आज १ अमेरिकी डलरको खरिद दर १३३.०२ रुपैयाँ रहँदा बिक्री दर १३३.६२ रुपैयाँ रहेको छ। बुधबार १ अमेरिकी डलरको खरिद दर १३३.०८ रुपैयाँ र बिक्री दर १३३.६८ रुपैयाँ कायम थियो। जुन हालसम्मकै उच्च हो।
यस्तै, १ युरोको खरिद दर आज १४५.०५ रुपैयाँ पुगेको छ। बिक्री दर १४५.७१ रुपैयाँ छ। बुधबार १ युरोको खरिद दर १४५.६२ रुपैयाँ र बिक्री दर १४६.२७ रुपैयाँ थियो।
आज १ पाउण्ड स्टर्लिङको खरिद दर १६६.७५ रुपैयाँ र बिक्री दर १६७.५० रुपैयाँ रहेको छ। हिजो १ पाउण्डको खरिद दर १६६.७७ रुपैयाँ र बिक्री दर १६७.५२ रुपैयाँ थियो।