काठमाडौं। एशियाली तथा पश्चिम प्रशान्त क्षेत्रका १८ मुलुकका निर्माण व्यवसायीहरूको अन्तर्राष्ट्रिय छाता संस्था इफाप्काको ४६ औं अन्तर्राष्ट्रिय सम्मेलन अन्तर्गत आज दोस्रो दिन ‘पार्टनरिङ इन सस्टेनेवल इन्फास्टक्चर’ फोरमको उद्घाटन हुँदैछ। बिहीबार बिहान हायात होटलमा आयोजना हुने कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) द्वारा फोरमको उद्घाटन गरिने भएको हो।
आज नै गोकर्ण गल्फ मैदानमा एफक्यान—इफाप्का गल्फ प्रतियोगिता पनि गरिने नेपाल निर्माण व्यवसायी महासंघले जनाएको छ।
मंसिर ८ गते भोलि भने नयाँ कार्य समिति चयन गरी उक्त कार्य समितिको एक्जिक्यूटिभ बोर्ड मिटिङ र केही सहभागीहरूका लागि भक्तपुर दरबार स्क्वायरको अवलकोन भ्रमण कार्यक्रम राखिएको छ ।
यसै सम्मेलन मार्फत् गत एक वर्ष अघिदेखि इफाप्का अध्यक्षको कार्यभार सम्हाली रहेका नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले इफाप्का अध्यक्षको जिम्मेवारी सिंगापुरलाई हस्तान्तरण समेत गरिने छ।