काठमाडौं। बन्दीपुर केबुलकार एन्ड टुरिजम कम्पनीले शेयर निष्कासन गर्ने तयारी गरेको छ। कम्पनीले १२ प्रतिशत शेयर निकाल्ने तयारी गरिरहेको हो।
यसमध्ये १० प्रतिशत कर्मचारी र सर्वसाधारणका लागि हुनेछ भने दुई प्रतिशत स्थानीयवासीका लागि छुट्याएको छ । केबुलकार र ‘क्विन टावर’ र होटल सञ्चालनमा ल्याउनु अगावै शेयर निष्कासन गर्ने लक्ष्य राखिएको कम्पनीले जनाएको छ।
२ करोड ५५ लाख रूपैयाँको १२ प्रतिशत शेयर निकालिने कम्पनीको भनाइ छ। केबुलकार तयारी अवस्थामा छ तर केबुलकार घुम्ने स्थानमा केही काम गर्नुपर्ने भएकाले असर पुग्ने देखिएका कारण रोकिएको बताइएको छ।