काठमाडौं। बालाजु अटो वर्क्स प्रालि व्यापार क्षेत्रमा सबैभन्दा बढी कर बुझाउने कम्पनी बनेको छ। राष्ट्रिय कर दिवसका अवसरमा सबैभन्दा बढी कर बुझाउने कम्पनीका रुपमा बालाजु अटो वर्क्सलाई सम्मान गरिएको हो।
आन्तरिक राजस्व कार्यालयका प्रमुख कर अधिकृत लालप्रसाद पंगेनीले बालाजु अटो वर्क्सका प्रवन्ध निर्देशक अर्जुनप्रसाद शर्मालाई सम्मानपत्र हस्तान्तरण गरेका छन्।
अग्नि समूह अन्तर्गतको यो कम्पनीले आर्थिक वर्ष २०७८/०७९मा व्यापारमा क्षेत्रमा सबैभन्दा बढी कर तिरेको थियो।