काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा स्तरीय क्रिकेट मैदानहरू निर्माण गरिनुपर्ने बताएका छन्। मदन भण्डारी स्पोर्ट्स एकेडेमीले पोखरामा आयोजना गरेको केपी ओली कम टी-२० क्रिकेटको उद्घाटन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन्।
उनले नेपालमा उपयुक्त खेल मैदानहरू नभएको भन्दै स्तरीय क्रिकेट मैदानहरू निर्माण गर्नुपर्ने बताएका हुन् । उनले कुनै पनि अभावहरूमा क्रिकेट खेलाडीहरूको उत्साह र मनोबलमा कमी नआएको भन्दै आगामी दिनमा पनि मनोबल कमजोर पार्नु नहुने समेत बताए।
कतिपय कमिकमजोरीबा बाबजुत पनि खेलाडीहरुको उत्साह र मनोबलमा कुनै कमी नआएको समेत अध्यक्ष ओलीले बताए। उनले भने, ‘क्रिकेट खेलाडीहरूले पहिले नै पाइसकेका पुरस्कारहरू सरकारबाट उठाउन बाँकी होला । बक्यौता होला । त्यो राम्रो कुरा होइन । तर, हाम्रा क्रिकेट खेलाडीहरूको उत्साह र मनोबलमा कुनै कमी आएको छैन । आउनु हुँदैन यस्तो कुनै पनि कुराले । हामीसँग उपयुक्त खेल मैदान छैनन्,ु उनले भने, ुहामी निर्माणाधीन खेल मैदानमा आज पनि प्रतिष्पर्धा सुरु गर्दैछौँ । प्रतियोगिता सुरु गर्दैछौँ । अवश्य पनि हामी यस क्रिकेट मैदानको उपयुक्त ढंगले निर्माण गर्नेछौँ । यसलाई स्तरीयता दिनेछौँ । सरकारसँग आग्रह गर्न चाहन्छु, सरकारले गर्नुपर्ने काम, कर्तव्यमा कुनै प्रकारको कमी नहोस् । त्यतापछि म आग्रह गर्न चाहन्छु ।’