काठमाडौं। नेपाली कांग्रेसले जाजरकोट भूकम्पबाट प्रभावित बस्तीमा अस्थायी आवास (घर–टहरा) निर्माण अभियान सुरु गरेको छ। एक हजार अस्थायी आवास (घर–टहरा) निर्माण अभियान सुरु गरेको हो।
भूकम्पपछि कांग्रेसले अस्थायी आवास निर्माण गर्ने घोषणा गरेसँगै कांग्रेस केन्द्रीय सदस्य एवं सांसद प्रदीप पौडेल नेतृत्वको टोलीले जाजरकोट पुगेर अस्थायी आवास निर्माणलाई तीव्र गतिमा अघि बढाएको हो ।
कांग्रेसका सूचना, सञ्चार तथा प्रचार विभागले जाजरकोट जिल्लाको नलगाड नगरपालिका–५ स्थित रघुनाथ, ऐरारी, पोखरा, मुलीलगायत स्थानमा अस्थायी आवास निर्माण अन्तिम चरणमा पुगेको जनाएको छ।