काठमाडौं। नेपालबाट पछिल्लो चार महिनाको अवधिमा एक अर्ब १५ करोडको सिमेन्ट क्लिंकर निर्यात भएको छ। भन्सार विभागले बिहीबार सार्वजनिक गरेको अन्तराष्ट्रिय व्यापारको पछिल्लो ४ महिनाको तथ्यांकअनुसार नेपालबाट एक अर्ब १५ करोड ९५ लाख रुपैयाँ बराबरको सिमेन्ट र क्लिंकर निर्यात भएको हो।
यस अवधिमा एक अर्ब १३ करोड रुपैयाँ बराबरको सिमेन्ट र क्लिंकर निर्यात भएको छ भने २ करोड ८७ लाख रुपैयाँ बराबरको लाइमस्टोन भारत निर्यात भएको भन्सार विभागले जनाएको छ ।
विभागअनुसार यस अविधिमा भारतमा ८ लाख ६ हजार टन सिमेन्ट र क्लिंकर निर्यात भएको छ भने एक करोड ३ लाख किलो लाइमस्टोन भारत निर्यात भएको छ ।