चितवन। भरतपुर महानगरपालिकाले गौतम बुद्ध अन्तर्राष्ट्रय क्रिकेट रंगशालाको सफाइ गर्न सुरु गरेको छ । महानगरपालिकाले स्थानीय बासिन्दाको सहभागितामा रंगशालाको झाडी फाड्ने काम सुरु गरेको हो ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी, सामाजिक संघसंस्थाका अभियन्ताहरु सहभागितामा रंगशाला सरसफाइ थालेको महानगरले जनाएको छ।
कार्यक्रमको भरतपुर महानगर प्रमुख रेनु दाहालले मेसिनमार्फत झाडी फडानी सुरू गरेर सरसफाइ कार्यक्रमको सुरूवात गरेको जानकारी दिइन्। रंगशालामा खेल्न मिल्ने गरी मर्मत तथा निर्माणका लागि महानगर र बागमती प्रदेशबीच सहमति भएको छ ।
पहिलो चरणमा करिब ७५ करोडको काम हुँदैछ । जसमा महानगरको ३० प्रतिशत र प्रदेशको ७० प्रतिशत लगानी हुने जनाइएको छ।