काठमाडौं। मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सेयर जारी गरेको छ। कम्पनीले शुक्रबारदेखि प्राथमिक सेयर (आइपिओ) को आवेदन खुला गरेको हो ।
कम्पनीले जारी पुँजी ७० करोड रुपियाँको २० प्रतिशत सेयर सर्वसाधारण समूहमा निष्कासन गरेको हो । कर्मचारी, वैदेशिक रोजगारमा गएका नेपाली नागरिक तथा सामूहिक लगानी कोषका लागि छुट्याएपछि सर्वसाधारणका लागि कुल ११ लाख ४८ हजार कित्ता सेयर जारी भएको कम्पनीले जनाएको छ । कम्पनीको सेयर बिक्री प्रबन्धकमा एनआइएमबिएस क्यापिटल रहेको छ । आइपिओमा मङ्सिर १२ गते ५ बजेसम्म आवेदन दिन सकिने छ ।
अङ्कित मूल्य १०० का दरले कम्पनीको आइपिओमा सर्वसाधारणले अनलाइन प्रणाली मेरो सेयरमार्फत आवेदन दिन सक्ने छन् । कम्पनीका अनुसार न्यूनतम १० र अधिकतम एक हजार कित्ताका लागि यसमा आवेदन दिन सकिने बिक्री प्रबन्धक कम्पनीले जनाएको छ ।