काठमाडौं। इफाप्काको ४६औं अन्तर्राष्ट्रिय सम्मेलनको अवसरमा चार नेपाली निर्माण कम्पनीले अवार्ड पाएका छन्। एसियाली तथा पश्चिम प्रशान्त क्षेत्रका १८ मुलुकका निर्माण व्यवसायीहरूको छाता संस्था इफाप्का सम्मेलनमा नेपाली चार निर्माण कम्पनीलाई अवार्ड प्रदान गरिएको हो।
बिल्डिङ कन्स्ट्रक्सन विधामा उत्कृष्ट समानान्तर निर्माण सेवा प्रालिलाई गोल्ड अवार्ड प्रदान गरिएको छ। यही विधामा न्यू टेक्निकल इन्फ्रा प्रालिले सिल्भर अवार्ड पाएको छ। सिभिल इन्जिनियरिङ विधामा कालिका कन्स्ट्रक्सन प्रालिले गोल्ड अवार्ड पाएको छ भने जय विष्णु निर्माण सेवा प्रालिले सिल्भर अवार्ड पाएको छ ।
इफाप्का सम्मेलनको समापन सत्रमा इफाप्का अध्यक्ष रवि सिंह र महासचिव विरेन्द्रराज पाण्डेले नेपालका उत्कृष्ट निर्माण कम्पनीहरूलाई अवार्ड सहित सम्मान गरेका हुन् ।