पाल्पा। पाल्पाको रैनादेवी छहरा गाउँपालिकाले जाजरकोट र रुकुम पूर्वका भूकम्प पीडितलाई आर्थिक सहयोग उपलब्ध गराउने भएको छ। गाउँ कार्यपालिकाको बैठकले भूकम्प प्रभावितका लागि तीन लाख रुपैयाँ बराबरको आर्थिक सहयोग गर्ने निर्णय गरेको हो ।
रैनादेवी छहराको कार्यपालिका बैठकले जनप्रतिनिधि जनप्रतिनिधिको सुविधा कटाएर राहत, उपचार, पुनस्थापनका र पुनःनिर्माणमा सहयोग गर्ने निर्णय गरिएको गाउँपालिकाले जनाएको छ।
पालिका अध्यक्ष र उपाध्यक्षले पाँच दिनको सुविधा वडाअध्यक्षहरुले दुई दिनको र अन्य वडा सदस्यहरुले एक दिन बराबरको सुविधा सहयोग गर्ने निर्णय भएको हो।