काठमाडौं। शनिबार अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च विन्दुमा पुग्यो। शनिबार १ अमेरिकी डलरको बिक्री दर १३३.७० रुपैयाँ कायम भयो।
आज पनि अमेरिकी डलरको बिक्री दर १३३.७० रुपैयाँ छ। यसअघि १ अमेरिकी डलरको मूल्य १३३.६७ रुपैयाँ पुगेको थियो। आज १ अमेरिकी डलरको खरिद दर भने १३३.१० रुपैयाँ रहेको छ।
यस्तै, आज १ डलरको खरिद दर १४५.२५ रुपैयाँ र बिक्री दर १४५.९१ रुपैयाँ छ। १ पाउण्डको खरिद दर आज १६७.१५ रुपैयाँ र बिक्री दर १६७.९० रुपैयाँ तय भएको छ।