काठमाडौं। काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षको पहिलो चौमासिकमा २ अर्ब ९२ करोड राजस्व संकलन गरेको छ। काठमाडौं महानगरपालिकाले चार महिनाको अवधिमा २७ दशमलव ११ प्रतिशत अर्थात २ अर्ब ९२ करोड रुपैयाँ राजस्व संकलन गरेको हो।
काठमाडौं महानगरले चालु आर्थिक वर्षमा १० अर्ब ८० करोड ७८ लाख राजस्व संकलन गर्ने लक्ष्य राखेको छ ।
गएको वर्ष यस अवधिमा २६ दशमलव ४९ प्रतिशत राजस्व उठेको थियो । त्यो वर्ष १० अर्व ४१ करोड ९५ लाख ४९ हजार रुपैयाँ लक्ष्य राखेकोमा २ अर्ब ७५ करोड ९८ लाख रुपैयाँ संकलन भएको थियो ।