काठमाडौं। सरकारले वन ऐन संशोधन गर्ने निर्णय गरेको छ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार माओवादी केन्द्रको वेभसाइट सार्वजनिक गर्ने क्रममा वन ऐन संशोधन गर्ने निर्णय गरेको जानकारी दिएका हुन्।
उनले भने, ‘हिजो हामीले वन ऐन संशोधन गर्ने लगायत केही महत्वपूर्ण निर्णय गरेका छौं। त्यो ऐन संशोधन गरेपछि वनले रोकेका विकासका काम अगाडि बढ्छन्। विकासमा क्रान्ति नै हुन्छ।’
विकास आयोजनाहरुले लक्ष्य अनुसार काम नहुनुमा सधैंजसो वनको समस्या देखाउँदै आएका छन्। खासगरी जलविद्युत आयोजना प्रवर्धकहरुले पनि वनको समस्याका कारण काममा वाधा परेको गुनासो गर्दै आएका छन्।
प्रधानमन्त्री प्रचण्डले सरकारले सुकुम्वासी समस्या समाधानका लागि पनि ऐन संशोनध गर्ने निर्णय गरेको जानकारी दिए।