काठमाडौं। आज पनि अमेरिकी डलरको मूल्य उच्च विन्दुमै स्थिर रहेको छ। शनिबार डलरको मूल्य १३३.७० रुपैयाँ पुगेको थियो। त्यो हालसम्मको उच्च मूल्य हो।
शनिबारदेखि लगातार आजसम्म डलरको मूल्य १३३.७० रुपैयाँमा स्थिर रहँदै आएको छ।
यता युरोपियन युरो र बेलायती पाउण्ड स्टर्लिङको मुल्य भने बढेको छ।
आज १ युरोको खरिद दर १४५.७६ रुपैयाँ र बिक्री दर १४६.४१ रुपैयाँ तय भएको छ। यस्तै, १ पाउण्डको खरिद दर १६८ रुपैयाँ र बिक्री दर १६८.७६ रुपैयाँ तय भएको छ।