काठमाडौं। प्युठानको मल्लरानी गाउँपालिका–२ मा आधारभूत स्वास्थ्य केन्द्रको भवन निर्माण कार्य सम्पन्न भएको छ। स्वास्थ्य संस्था नभएको वडामा आधारभूत स्वास्थ्य केन्द्र स्थापना गर्ने सरकारको नीति अनुसार भवन निर्माण गरिएको हो।
भवन उदघाटन कार्यक्रममा मल्लरानी गाउँपालिकाका अध्यक्ष अमरध्वज रानाले बजेट बिनियोजन मात्र गरेर नहुने भन्दै सबैको सहकार्यमा राम्रो काम गर्नुपर्ने जानकारी दिए। उनले सबैको सहकार्यमा भवनको लागि जग्गा उपलब्ध गराउनेदेखि भवन निर्माण गरेकामा बधाइ दिदै आगामी दिनमा पनि विकासको लागि सबैसंग सहकार्य गर्ने बताए।
राष्ट्रिय जनमोर्चाका लुम्बिनी प्रदेश संयोजक बोम बहादुर केसीले स्वास्थ्य सेवा आफ्नै भवनबाट सुरु गरेकोमा चुजाँबासीलाई बधाइ दिँदै आगामी दिनमा आवश्यक बजेट विनियोजन गर्न गाउँपालिकालाई आग्रह गरे।
३८ लाख ५६ हजार ३ सय ४१ रुपैयाँको लागतमा भवन निर्माण सम्पन्न भएको मल्लरानी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत बालकृष्ण थापाले जानकारी दिए।