काठमाडौं। काठमाडौंको कागेश्वर मनोहरामा रहेको ए एन्ड बी वेभरेज इन्डस्ट्रिज प्रालिको पानीको बोटलमा किरा भेटिएको छ। कम्पनीले उत्पादन गरेको सिल लगाएको पानीको बोतलभित्र किरा भेटिएको हो।
काठमाडौं महानगरपालिकाले उक्त कम्पनीलाई एक लाख रुपैयाँ जरिवाना तिराएको छ।
महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले उक्त कम्पनीले उत्पादन गरेको पानीको बोतलमा लामखुट्टे भेटिएपछि प्रहरी कहाँ उजुरी परेको र छानबिन गरेर महानगरपालिकाले जरिवाना तिराएको जानकारी दिए।
महानगरले उक्त कम्पनीलाई पानीको प्रशोधन र प्याकिङमा ध्यान दिन र बेलाबेला मेसिन पनि परीक्षण गराउन निर्देशन समेत दिएको छ।